logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

थप १४ जना सँगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या ३७ पुग्यो


  • आश तमु
  • आइतबार, जेष्ठ २५ २०७७

आश तमु – पोखरा ,गण्डकी प्रदेश भित्र पनि तिव्र रुपमा कोरोना संक्रमितको सङ्ख्या पहिचान हुदै गएको छ । आइतवार विहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको र प्रदेशमा यो सँगै संक्रमितको सङ्ख्या ११३ पुगेको बताएका छन।

यसै गरी स्याङ्जमा आइतवार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमितमध्ये वालिङको २७, १८, २७,२१, ४६ ,४९, ३४, ५२, २५, ३७, ३१, ३८, २९ र भरिकोटका ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

यो सँगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या ३७ पुगेको छ। संक्रमित हुनेमा वालिङका १३ र भरिकोट नगरपालिकाका १ पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार