logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बागलुङमा थप १० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २९ पुग्यो


  • आश तमु
  • आइतबार, जेष्ठ २५ २०७७

आश तमु – पोखरा ,गण्डकी प्रदेश भित्र पनि तिव्र रुपमा कोरोना संक्रमितको सङ्ख्या पहिचान हुदै गएको छ । आइतवार विहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको र प्रदेशमा यो सँगै संक्रमितको सङ्ख्या ११३ पुगेको बताएका छन।

यसै गरी बागलुङ थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  आइतबार बिहानै जिल्लाको बडिगाड गाउँपालिकाका ९ र ढोरपाटन नगपालिकामा १ गरी १० जनामा कोरोना पुष्टि भएको हो।

बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९, २६ र एक जनाको उमेर नखुलेको पुरुष तथा ढोरपाटन नगरपालिकाका २६ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सँगै बागलुङ जिल्लामा मात्रै संक्रमितको संख्या २९ पुगेको छ। संक्रमित हुनेमा बडिगाड गाउँपालिकामा १५ जना मानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ३, ताराखोला गाउँपालिकामा १ र ढोरपाटन नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार