logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पोखरामा कोरोना संक्रमितको गुरुङको शव १९ घण्टा पछी मात्र व्यवस्थापन (तस्विरमा)

शव व्यवस्थापन गर्न लाग्दा जनप्रतिनिधि बाटो छेके, प्रहरीले लाठी हान्यो


  • आश तमु
  • सोमबार, जेष्ठ २६ २०७७

file pic file pic

आश तमु, पोखरा – पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशाशनलाई टाउको दुखाई नै बन्यो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको शव करिव १९ घण्टा देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा नै रह्यो ।आइतबार राति ११ः३० बजे मृत्यु भएका गुरुङ थर भएका ती पुरुषको शव करिब ६ः३० बजेतिर मात्रै व्यवस्थापन भयो । तर शवलाई व्यवस्थापन गर्न भने प्रशाशनलाई टाउको दुखाइ कै बिषय बन्यो । एका तिर शव व्यवस्थापनको लागी ठाउँको खोजी अर्को तर्फ जता जतै स्थानीयको विरोध ।

यस विषयमा जिज्ञासा राख्दा पोखरा महानगरपालिका स्रोतका अनुसार महानगरपालिकाले रोजेको ठाउँमा स्थानीयहरुले शव गाड्न नदिने भन्दै विरोध जनाएपछि अझैसम्म पनि कहाँ लैजाने भन्ने टुंगो लाग्न सकेको थिएन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले कोरोना संक्रमितको मृत्यु भएपछि समबन्धित निकाए लाई हिजै राती नै खबर गराईसकेको बताएका थिए ।

श्रीमानको र बाबाको शव अन्तिम संस्कारको लागि लगेको हेर्दै गरेकी उनकी श्रीमती र छोरी।

श्रीमानको र बाबाको शव अन्तिम संस्कारको लागि लगेको हेर्दै गरेकी उनकी श्रीमती र छोरी।

घटनाले कोरोना संक्रमणबाट मृत्यु भएको शव व्यवस्थापनमा गण्डकी प्रदेशको तयारी कमजोर पनि देखिएको प्रमाणित भएको छ।

टाढैबाट श्रीमती र छोरीलाई शव हेर्न दिए तर उनीहरुले पार्थिक शरीर बाहेक अनुहार भने हेर्न पाएन । शव आइसोलेशनबाट निकाले पछी आमा र छोरी भक्कानिर रोएका थिए । उनीहरु दुबैलाई पोखरा स्थित मालेपाटनको क्वारेनटाइनमा राखिएको छ । उनीहरुको अनुरोधमा नै प्रशाशनले अन्तिम पटक पार्थिक शरीर हेर्ने अवसर दिएका थिए।

जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो भने राति उपचारका क्रममा मृत्यु भएको थियो ।

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार घाट खोज्ने जिम्मा पाएका पोखरा महानगरपालिकाले पोखरा लेखनाथ स्थित रिठ्टेपानी पोखरा १५ स्थित हरियो खर्क र पोखरा ११ स्थित सेतीको घाट प्रस्ताव गरे। नेपाल प्रहरी उपयुक्त स्थान हेर्न पुग्दा स्थानीयहरुले विरोध गरे । अन्तमा पोखरा ११ र २० को सिमाना स्थित मणिपाल शिक्षण अस्पतालको तल सेती घाटमा शव व्यवस्थापन गर्ने निर्णय लगतै व्यवस्थापन गर्ने जिम्मा पाएका पोखरा फूलबारीस्थित भगवती दल गणका नेपाली सेनाले शव व्यवस्थापन गरे ।

नेपाली सेनाले शव गाड्न खाल्डो खनेर ठिक्क पारिसके पछी तर वडा नम्बर ११ र २० का वासिन्दाले भने विरोध गरे । सेती किनारमा शव गाड्दा आफूहरुलाई जोखिम हुने भन्दै विरोध गरेका स्थानीयहरुलाई साथ दिन पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा पनि पुगे । स्थानीय वासिन्दाले पटकपटक अवरोध गरेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो । शव बोकेको गाडीको बाटो नै विरोध गर्नेहरुले छेक्न आएपछि प्रहरीले लाठी चार्जसमेत गर्यो । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही स्थानीय सामान्य घाइते भए भने प्रहरी तर्फ पनि एक प्रहरी निरीक्षक लगाएत केही प्रहरी पनि घाइते भए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार