logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ७०८ पुग्यो


  • राजनीति
  • बुधबार, जेष्ठ २८ २०७७

पोखरा – कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ७०८ पुगेको छ ।

बुधवार थप ३७ जना नया संक्रमित थपिए सँगै संक्रमित सङ्ख्या पनि बढेको हो । सामाजिक मन्त्रालयका अनुसार बुधबार दैलेखमा २५८ सुर्ख्तमा ९ र जाजरकोटमा ३ जनामा संक्रमण देखिएको हो ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं। १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका -४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका-१२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् ।

त्यस्तै, जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका-१, का एकजना पुरुष रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार