logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्याङ्जामा तीनजनाले कोरोनालाई जितेर घर फर्के


  • राजनीति
  • बुधबार, जेष्ठ २८ २०७७

स्याङ्जा -स्याङ्जामा तीनजनाले कोरोना संक्रमणलाई जितेर आज बुधवार घर फर्केका छन।

निको भएर घर फर्कनेहरु वालिङ नगरपालिका वडा नं। १३ का २१ वर्षीय पुरुष र गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय पुरुषहरु रहेका छन् । गल्याङका जेठ १८ गतेबाट र वालिङका गत जेठ १५ बाट अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए ।

उनीहरुको स्वाव दोस्रो पटक परीक्षणका लागि पोखरा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको अस्पतालले जनाएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख , अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका टोलीले विदाइ गरेका थिए ।

स्याङ्जामा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । जसमध्ये एकजनाले ज्यान गुमाएका भने ३४ जना आइसोलेसनमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार