राजनीति
आश तमु ,पोखरा – असार १ गते देखी सरकारले सरकारी तथा निजी कार्यालय, बैंक, वित्तीय संस्थालाई अब दुई सिफ्ट ८ बजेदेखि बेलुकी ६ बजेसम्मसञ्चालन गर्ने भएको छ।
बुधबारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउँदै कर्मचारीबीच दूरी कायम गरी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न सकिने निर्णय गरेको हो।
असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले बताएका छन्।