logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निजी गाडीमा २ जना र मोटरसाइकलमा चालक मात्रै ………..


  • आश तमु
  • बिहिबार, जेष्ठ २९ २०७७

आश तमु पोखरा – असार १ गते बाट केही खुकुलो हुने लकडाउनमा जोर बिजोरको आधारमा सञ्चालन हुने निजी सवारी साधनमा चालक बाहेक दुईजना मात्र यात्रा गर्न पाउने भएका छन।

मोटर साइकलको हकमा भने चालक एक जना मात्र सवार हुन पाउने छन। बिहिवार मन्त्रीपरिशदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।

युवराज खतिवडाले सार्वजनिक यातायातमाथीको प्रतिबन्ध कायमै रहेको जानकारी दिँदै उनले मोटरसाइकलबाहेकका निजी सवारी साधनमा भने जोर बिजोर लागु हुने र लामो दुरी चल्न नपाउने बताए। उनका अनुसार काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा सञ्चालन निजी गाडी सञ्चालन गर्न पाइने छ ।यस्तै सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार