logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सिमा विवाद प्रमाण संकलनका लागि विष्णुराज उप्रेतीको संयोजकत्वमा समिति गठन


  • आश तमु
  • बिहिबार, जेष्ठ २९ २०७७

आश तमु पोखरा – सरकारले भारत सँगको सिमा विवाद सम्बन्धमा प्रमाण संकलनका लागि विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्य रहेको समिति गठन गरेको छ ।

बिहिवार मन्त्रीपरिशदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले गठित समितिले नेपाल–भारतबीचका सन्धी सम्झौता र समझदारीपत्र, तत्कालिन इष्ट इण्डिया कम्पनी ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्रचारहरुको सक्कल कागजात र नभए प्रतिलिपि खोज्नुपर्ने छ ।

यसैगरी सार्वाजनिक निकाय लगायत विभिन्न संघ संस्था, व्यक्ति, स्वदेशी तथा विदेश पुस्तकालय एवं अभिलेखालयबाट सीमा क्षेत्र सम्बन्धित सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजना लगायतका सरकारी दस्तावेज पनि खोज्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार