logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा तरकारी बोक्ने जिपमा लुकाई छिपाई ला’गूऔ’षध कारोबार गर्ने चार प्रकाउ


  • आश तमु
  • शनिबार, जेष्ठ ३१ २०७७

आश तमु पोखरा – लकडाउनको मौका छोपी अत्यावश्यक सेवाको आडमा तरकारी बोक्ने बोलेरो जिपमा लुकाई छिपाई ला’गूऔ’षधको कारोबार गर्नेलाई कास्की प्रहरीले प्रकाउ गरेको छ। यही जेठ ३० गते वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले ४ जनालाई ला’गूऔ’षध सहित प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१ टाँडी बस्ने वर्ष २६ को अफताव भन्ने रबिन चौधरी, जिल्ला कास्की मादी गाँउपालिका-३ घरभई हाल पोखरा महानगरपालिका-१२ ढिकालेथर बस्ने वर्ष ३०को हाउडे भन्ने मिलन गुरुङ, जिल्ला काभ्रे मच्छे गाँउपालिका-०४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-१४ चाउथे बस्ने वर्ष ४५ को शंकर लामा र चितनवको रत्ननगर नगरपालिका-१० बस्ने वर्ष ५० को पदम बहादुर घिमिरे रहेका छन् ।

वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ७२ एम्पुल डाईजापाम, ७२ एम्पुल फेनरागन र ७२ एम्पुल नर्फिन गरी जम्मा २१६ थान ला’गूऔ’षध साथै १५ हजार ८५ रुपैया नगद समेत फेला पारी बरामद गरेको छ ।

तराईका जिल्लाबाट कास्की भित्रने तरकारी बोक्ने सवारी साधनमा अवैध ला’गूऔ’षधको ओसार पसार तथा कारोबार समेत भईरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरेले अनुसन्धान गर्दै जाने क्रममा प्रकाउ परेको थापाले बताए ।

नवलपरासी बर्दाघाटबाट ना ३ च ७०५९ नं।को पिकअप पछाडी पट्टीको ढालामा तरकारीको बिचमा सेतो बोरामा कागजले बेरी लुकाईछिपाई राखेको ला’गूऔ’षध फेला पारी नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

तस्विर गण्डकी प्रदेश प्रहरी कार्यालय

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार