राजनीति
स्याङ्जा – शनिबार स्याङ्जामा भीरकोट नगरपालिका ५ मा जीप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन। मृत्यु हुनेमा भीरकोट ५ की १५ वर्षीय किशोरी दुर्गा अर्याल रहेकी छन।
कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा किशोरीको मृत्यु भएको हो । दुर्घटनामा परी भीरकोट ५ की ३७ वर्षीय शान्ती अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीय पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की शुष्मा अर्याल घाइते भएका छन ।
ग२च २३७३ नम्बरको जीप तिलाहार नेटास्थित भित्री कच्ची सडक खण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको अवस्थामा उकालो बाटोमा जीप पछाडि हट्न गई सडकबाट करिब ३० मिटर तल खसेको हो ।
घातेहरुलाई पाेखराकाे गण्डकी मेडिकल कलेजमा ल्याइएकाे छ । जीप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी विमलराज कँडेलले बताए । दुर्घटनामा घाइते ६ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
file pic