राजनीति
रुकुम पुर्व – टिपरबाट खसेर एक जनाको मृ’त्यु भएको छ । रुकुम पुर्व सिस्ने गाउपालिका वडा न ४ पोखरामा सहचालकको टिपरबाट खस्दा टिपरको पछाडिको पाङ्ग्राले कि’चेर सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विकको मृ’त्यु भएको प्रहरीले जनाएको छ।
दाङबाट इट्टा लिएर सिस्ने ३ अर्मला चौरमा निर्माणाधिन स्वास्थ्य चौकीका इट्टा दुवानी सेवाको रा१ख १४३५को टिपरबाट खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार सहचालक विकले टिपरको छतमा बसेर तलतिर झरेका बिजुलीको तारलाई माथि बनाउने र चालकले टिपर अगाडि बढाउने गरिरहेका थिए। सोक्रममा भुइँमा खस्दा उनलाई टिपरले कि’चेको थियो।
चालक घोराही उपमहानगरपालिकाका ४९ वर्षका ओमप्रकाश घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।