logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

साइकलयात्रीलाई जोगाउन खोज्दा कार दुर्घटना , गाउँपालिका अध्यक्षको मृत्यु


  • राजनीति
  • आइतबार, जेष्ठ ३२ २०७७

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका अध्यक्षको कार दुर्घटनामा परी मृत्यु भएको छ

आइतवार बिहान ११ बजेको समयमा राजकुमार शर्मा चढेको लु १झ ३७० को स्कार्पियो जीप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीका अनुसार दुर्घटनामा परी घाइते भएका केसीको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको बताएका छन।

विपत व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जादै गर्दा उनी सवार कार बर्दघाटको लक्ष्मी नगरपुलबाट खोलामा खसेको थियो ।

दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैले चलाएको प्रहरीले जनाएको छ । साइकलयात्रीलाई जोगाउन खोज्दा कल्भर्टमा गाडी ठोक्किएर दुर्घटना भएको थियो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार