logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

यी हुन नवराजसहित ५ जना मार्ने २९ अभियुक्त, हेर्नुस् नामसहित


  • राजनीति
  • सोमबार, असार १ २०७७

रूकुम पश्चिमको चौरजहारी-८ सोतीमा जेठ १० गते भएको घटनामा ३४ जना प्रतिवादी बनाइएका छन्। सरकारी वकिल कार्यालयले ती आरोपितविरुद्ध आजीवन कारावास माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

सोतीमा सामूहिक आक्रमण हुँदा ६ जना युवा मारिएका थिए। त्यसकारण पीडितको न्यायका लागि आजीवन कारावास माग गरिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ। घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले बताए।

अभियुक्तमध्ये दुई जना बालबालिका छन्। एक जनालाई मतियारका रुपमा राखिएको छ। ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछूत कसुरविरुद्धको मुद्दा चलाइएको स्रेस्तेदार बोहराले बताए। ‘धेरै मान्छे भएकाले आइतबार मुद्दा दर्ता मात्रै भएको छ’, उनले भने, ‘सोमबार थुनछेक बहस सुरु हुन्छ।’

२९ जना पक्राउ परेको र बाँकी ५ जना फरार रहेको प्रहरीले जनाएको छ। उक्त घटनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दीप विक र चौरजहारीका टीकाराम सुनारको ज्यान गएको थियो। पीडित परिवारले जेठ १३ गते २० जनाविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेका थिए।

प्रहरीले उक्त घटनामा स्थानीयको कुटाइबाट युवाहरूको ज्यान गएको निष्कर्ष निकालेको छ। आक्रमणको त्रासपछि भाग्दै गरेका युवालाई स्थानीयले योजनाबद्ध रूपमा लखेटेर कुटेको प्रहरीले जनाएको भनाइ छ।

प्रहरी प्रतिवेदनका प्रतिवादीहरू

डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, नाम पविर्तन गरेर युवती, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल

फरार प्रतिवादी

तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा

नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको भेटिएको प्रहरीको भनाइ छ । प्रतिवादीले समेत यसलाई स्वीकार्दै बयान दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार