logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतबाट बागलुङ फर्किदै गर्दा बसबाट झरेर भीरमा हाम फालेका युवकको पोखरामा मृत्यु


  • राजनीति
  • सोमबार, असार १ २०७७

पोखरा – सुनौली नाकाबाट बस नै रिजर्भ गरेर भारतबाट फर्किएका युवाहरु मध्य एकजनाले भीरमा गएर हामफालेका छन ।

भारतका बिभिन्न क्षेत्रमा काम गर्दै आइरहेका पर्वत बाग्लुङ र म्याग्दीका युबाहरु सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए। उनीहरुले घर फर्कन भन्दै आफै बस रिजर्भ पनी गरे । रिजर्भ गरेको बस कही पनि नरोकीकन आयो । पर्वतको डिमुवामा केही युवाहरु झरे।

गाडी म्याग्दी र बाग्लुङ जान अघि बढ्दै गर्दा कुश्मा ८ चुवामा माथिबाट ढुंगा खसेर सडक अवरूद्ध भयो। गाडी त्येही रोकियो । गाडी रोकिएको मौका पारेर बागलुङका एक युवा बसबाट ओर्लेर नजिकैको भिरबाट हाम फाले । तत्काल प्रहरीले ती युवाको उद्दार गरेर बागलुङ अस्पताल लगे त्यहाँबाट पोखरा क्षेत्रीय अस्पताल रिफर गरिदियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएपछि उनलाई मृत घोषणा गरिएको थियो ।

उनको शव अस्पतालले पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विश्वराज अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार