logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नवराजकी प्रेमिकालाइ अदालतले दियाे यस्तो आदेश


  • राजनीति
  • मंगलबार, असार २ २०७७

पश्चिम रूकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा मुछिएका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो ।

अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश दिएको हो । अदालतका स्रेस्तेदार क्रित बोहोराले दुई नाबालकलाई सुधार गृह पठाउन आदेश दिएको पुष्टि गरे ।

दुवैको थुनछेक बयान र बहस आज भएको थियो । भोलिदेखि अरू अभियुक्तको बयान सुरू हुनेछ । क्रुरतापूर्वक हत्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ । ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार