राजनीति
पोखरा- नेकपा निकट अखिल क्रान्तिकारी कास्कीले पोखराका विभिन्न मुख्य चोकहरुमा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रमअनुसार जिल्लाका विभिन्न स्थानमा व्यापक पोस्टरिङ गरिएको हो ।
पोखराका मुख्य स्थानमा राष्ट्रघाती एमसीसीविरुद्ध पोस्टर टाँस्ने काम सम्पन्न भएको अखिल क्रान्तिकारी कास्कीका सयोजक पुरन पुनले बताए ।
पोखराकाका मुख्य स्थान सिर्जना चोक, लखन चोक , मुस्ताङ चोक, चूरेपाटन, महेन्द्र पुल, बगर, चिप्लेढुङा लगाएत का स्थानमा पोस्टरिङ गरिएको उनले बताए ।
अमेरिका र नेपाल सरकारबीच सम्झौता भएको एमसीसी संसद्बाट पास गर्ने षड्यन्त्र गरिएको बेला उक्त सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताको हितमा नभएको भन्दै यसको विरोधमा प्रचारप्रसार गर्न पोस्टरिङ गरिएको सयोजक पुनले बताएको छ ।
यसअघि अखिल क्रान्तिकारी कास्कीले एमसीसीविरुद्ध केपी वली र शेरबहादुर देउवाको पुतलादहन, मशाल जुलुस र कोणसभाहरू सम्पन्न गरिसकेको सयोजक पिनले बताए ।
एमसीसीविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ भने सत्तारूढ दलभित्रसमेत यसको तीव्र विरोध हुँदै आएको छ । नेपाली काङ्ग्रेसले संसद्मा यो सम्झौताका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने अन्य विभिन्न राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।