logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाण्डौमा थप एक जना महिलामा कोरोना संक्रमण


  • राजनीति
  • मंगलबार, असार २ २०७७

काठमाण्डौ – काठमाण्डौमा थप एक जना महिलामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंकी महिलामा संक्रमण देखिएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा थप १ जनामा संक्रमण पुष्टि भएको हो।यसअघि सोमबार पनि काठमाडौंका ४ जनामा संक्रमण देखिएको थियो।

मंगलबारमात्र ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्।

कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार