logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आरडिटी रिपोर्ट पोजिटिभ आएपछी झु;न्डिएर आ;त्मह;त्या,श;व निकाल्न पीसीआर कुर्दै


  • राजनीति
  • बुधबार, असार ३ २०७७

अर्धखाची – अर्धखाचीमा एक युवाले आ’त्मह’त्या गरेका छन ।

उनको आरडिटी रिपोर्ट पोजिटिभ आएपछी सितगंगा नगरपालिका ५ का ४३ वर्षिय देवबहादुर बिकले क्वारेण्टाइन नजिक रहेको रुखमा झु’ण्डिएत आ’त्मह’त्या गरेका हुन ।

प्राप्त भएको जानकारी अनुसार भारतमा काम गर्दै आएक ती युवा जेठ १४ गते नेपाल प्रवेश गरी स्थानिय हरी प्राबिको क्वारेण्टाइनमा बस्दै आएका थिए ।

जेठ २४ गते उनको स्वाब लिएर परिक्षणमा पठाए पनी अहिले सम्म भने पीसीआर रिपोर्ट भने अझै सम्म पनि आएको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पिसिआर रिपोर्ट नआईपुगेको कारण अहिलेपनि उनको श’व रुखमै झु’ण्डिएकै अवस्थामा रहेको छ। नगरप्रमुख अधिकारीले स्वावको रिपोर्ट नआउँदासम्म श’व त्यतिकै रहने बताए।

‘हामीले स्वाव परिक्षण गरी छिटो रिपोर्ट पठाउन भनिरहेका छौं, जतिसक्दो छिटो रिपोर्ट आउँछ त्यति नै छिटो श’व रुखबाट झारिन्छ’, उनले भने। उक्त क्वारेन्टिन गाउँमै रहेको कारण अहिले घटनास्थलमा परिवार तथा आफन्तहरुको रूवाबासी चलेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार