logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

दुर्लुङ पहिरो : हराइरहेका एक बालकको श’व पाँच दिनपछि भेटियो


  • रासस
  • बुधबार, असार ३ २०७७

कुश्मा – पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको श’व पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको श’व आज बिहान फेला परेको हो ।

शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोमा परी मृ’त्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको सङ्गम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अ’न्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दा’हसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दिर्पा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृ’त्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृ’त्यु भएको छ ।

यसैबीच बालकको खोजीका लागि आज बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाइमा श’व खोजी गर्दा घरभन्दा तल चौतारी नजिक श’व भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार