राजनीति
पोखरा – झुन्डिएर आ’त्मह’त्या गर्ने दुबै पुरुष र महिलाको कोरोना पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
आरडीटी परीक्षणमा पोजेटिभ देखिए पछी बुधवार बिहान क्वारेण्टाइन नजिकै रहेको रुखमा झु’न्डिएर आ’त्मह’त्या गरेका अर्घाखाँची शितगंगाका स्थानीय ४५ बर्षीय देवबहादुर विकको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको हो ।
भारतमा काम गर्दै आएक ती युवा स्थानिय हरी प्राबिको क्वारेण्टाइनमा बस्दै आएका थिए । जेठ १४ गते नेपाल प्रवेश गरी आरडिटी टेष्ट गर्दा पोजिटिभ आएपछी जेठ २४ गते उनको स्वाब लिएर परिक्षणमा पठाएको थियो ।
यसै गरी आसर १ गते झु’न्डिएर आ’त्मह’त्या गरेका सुर्खेतको सिम्ता गाउँपालिका ८ घर भएका २५ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले ती युवतीको रिपोर्ट पोजिटिभ आएको बताए ।
मृ’तक युवती जेठ १२ गते भारतबाट श्रीमान र तीन वर्षकी छोरीसहित नेपाल फर्किएकी हुन्। १४ दिन क्वारेन्टाइनमा बस्दा भएको आरडीटी परीक्षणामा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो।