राजनीति
सुदुरपश्चिम – थप ३१ जनामा कोरोना संक्रमण भए सँगै सुदुरपश्चिम प्रदेशमा संक्रमितको सङ्ख्या २ सय ९२ पुगेको छ । आज सेती प्रादेशिक अस्पतालको कोभिड १९ प्रयोग शालामा गरिएको परिक्षण बाट थप ३१ जनामा संक्रमित पोजिटिभ पुष्टि भएपछि यो प्रदेशमा संक्रमितको संख्या २९२ पुगेको हो ।पुष्टि भएका मध्ये कञ्चनपुर शुक्लाफाटा नगरपालिका बस्ने वर्ष २१, ३५ का २ , बझाङ्ग थलारा गाउपालिका बस्ने वर्ष १० का १ बालिका , बझाङ्ग खप्तड गाउपालिका बस्ने वर्ष ७० का १ जना पुरुष र डोटी दिपायल सिलगढी नगरपालिका बस्ने वर्ष २० देखि ४८ का ५ जना पुरुष छन ।
त्यसैगरी कैलाली को भजनी नगरपालिका बस्ने वर्ष १९ र ३३ का २ जना पुरुष , गौरीगंगा नगरपालिका बस्ने वर्ष ३५ का १ जना महिला र बर्ष ९ देखि ४० का १७ जना पुरुष छन् ।
अछाम मेल्लेख गाउपालिका बस्ने वर्ष २२ र ३४ का २ जना पुरुष मा सो संक्रमण पुष्टि भएको हो । सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्रीले प्रदेशमा हाल सम्म हाल सम्म ९१७८ जनाको पिसिआर बिधिबाट जाच गरिएका मध्ये बाट ८८०३ जनामा नेगेटिभ आएको जानकारी दिए ।
काक्रीका अनुसार ३३१९ जनाको रिपोट आउन बाकी छ । पोजिटिभ संक्रमित मध्ये अछाम मा २१, बैतडी २७ , बझाङ्ग १६, बाजुरा २०, डडेल्धुरा ३९, दार्चुला १२, डोटी ३८, कैलाली १२८, कंचनपुर ७४ गरी ३७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ८१ जना संक्रमित निको भई घर गइसकेका छन् । २ जनाको मृत्यु पश्चात मात्र संक्रमण पुष्टि भएको उनले बताए।