राजनीति
file pic
कैलाली – सेती प्रादेशिक अस्पतालमा गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय संक्रमित पुरूषको मृत्यु भएको छ।
शनिवार कोरोना पुष्टि भएका कैलालीको ४६ वर्षीय संक्रमित पुरूषको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरीरहेकोका उनको आज साँझ मृत्यु भएको हो।
हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको उनको उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाइएको थिएन।
उनको ७ बजेर ५२ मिनेटमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। शव परिवारको सहमतिमा नेपाली सेनाले व्यवस्थापन गर्ने श्रेष्ठले बताए।
उनी बस चालक तथा बस धनीसमेत रहेको खुलेको छ। उनी सार्वजनिक यातायातका सदस्य समेत हुन्।
यसअघि उनको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ।
यसअघि कैलालीकी दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भईसकेको छ।