राजनीति
नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डका कान्छो नाति प्रणवको आज जन्मदिन भएको स्रोतले जनाएको छ । प्रचण्डका ४ संतान मध्य का एक मात्र छोरा प्रकाशको गत वर्ष हृदयघातको कारण निधन भएको थियोे ।
प्रकाशकी कान्छी पत्नी ओली सरकारकी खानेपानी मन्त्री बिना मगरका छोरा आज बाट तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेका हुन्।
नातिलाई बिहान सबेरै काखमा लिएर प्रचण्डले जन्मदिनको शुभकामना दिएको खुमलटार श्रोतले जानकारी दियो। नातिको जन्मदिनका दिन प्रकाशलाई सम्झदै प्रचण्ड एकाएक भाबुक बनेको श्रोतले बतायो।
फाइल तस्बिर
यो पढ्नुहोस
प्रचण्डकी बुहारी कान्छी मन्त्री जेठी जिल्ला सदस्य
पोखरा – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीबुहारी सिर्जना त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटी सदस्य बनेकी छन। नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य बनेकी हुन्। प्रचण्ड पुत्र प्रकाशले बिना मगरसँग विवाह गरेपछि सिर्जना छुट्टै बस्दै आएकी छन् । प्रकाशको निधनपछि उनी राजनीतिमा सक्रिय छिन् ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्ष पछि जिल्ला स्तरमा कमिटी गठन भईरहेको छ । बैशाख ८ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नामको टुंगो लगाएको थियो । जिल्ला तहमा पार्टी एकीकरण लाई अन्तिम रुप दिने क्रममा तत्कालीन नेकपा एमालेबाट ४४ र तत्कालीन माओवादी केन्द्रबाट ३३ जना जिल्ला अध्यक्ष भएका छन् ।
(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जेठी बुहारी सिर्जना त्रिपाठी नेकपामा बल्ल पद पाएकी छन्। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि जिल्ला स्तरमा कमिटी गठन भइरहेको छ। बैशाख ८ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नामको टुंगो लगाएको थियो ।