logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्कीमा ६ जना सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी


  • आश तमु
  • शुक्रबार, असार ५ २०७७

पोखरा – गण्डकी प्रदेशमा शुक्रवार बिहान सम्म थप २४ जना नयाँलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

कास्कीमा दुई महिला सहित ६ जना,बागलुङमा २ महिला सहित १४ जना , स्याङ्जा र नवल परासी सुस्ता पुर्वमा २ – २ जना गरी २४ पुगेको हो । जसमध्ये पोखरा महानगरका ४१ , १९ र १९ वर्षका तीन पुरुष, ३० र ५६ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

गलकोट नगरपालिकामा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय ६ पुरुष । त्यसैगरी ४२ र २० वर्षीय दुई महिलामा कोरोना पुष्टि भएको छ । बागलुङकै काठेखोला गाउँपालिकामा २४, २९, २२, २०, २३ र २९ वर्षीय ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

नवलपुर विनयी त्रिवणी गाउँपालिकाका २८ र २० वर्षीय दुई पुरुष, स्याङ्जाको पालिका नखुलेको ६३ वर्षीय एक पुरुष, त्यसैगरि कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

थप संक्रमित सँगै प्रदेशमा ३४८ पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एव‌ प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा सङ्क्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार