राजनीति
पोखरा – कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछी पर्वत अस्पताल बन्द गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा सात जना मध्य पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको हो । पर्वत अस्पतालले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिदै आकस्मिक सेवा बाहेक सवै सेवा बन्द गरिएको जानकारी दिएको हो ।
कोरोना अस्पतालमा एक हप्ता बिताए पनि उनीहरु अहिले क्वरेण्टीनमा नै छन् ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले स्वास्थ्यकर्मीलाई समेत सङ्क्रमण देखिएपछि जिल्लास्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने जानकारी गराएका छन ।