logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्कीमा १८ महिने बालिका र तनहुँमा १ वर्षका बालकलाई कोरोना संक्रमण


  • आश तमु
  • शनिबार, असार ६ २०७७

पोखरा –  शनिवार बिहान गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टी भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयका निर्देशक बिनोद बिन्दु पराजुलीका अनुसार संक्रमितहरुमा तनहुँमा २५ ,नवलपुरका १६ जना, गोरखाका ५ जना, म्याग्दीका १ जना, कास्कीमा १ बालिका सहित २ जना, स्याङजाका १ जना र बाग्लुङका ८ जना रहेका छ्न ।

तीमध्ये कास्कीको मादी गाउँपालिका वडा १ की १९ महिने बालिका र बागलुङ काठेखोला गाउँपालिकाकी ३० वर्षीया महिला समेत छन् । अरु सबै पुरुष हुन् ।

यसै गरी तनहुँ घिरिङका १ वर्षका बालकमा समेत कोरोना संक्रमण देखिएको हो ।सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेकाहरुको नमुना परीक्षणा कोरोना देखिएपछि उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशक शर्माले जनाए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या चार सय ३८ पुगेको छ। गण्डकी प्रदेशका कोरोना सङ्क्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार