logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अविरल वर्षाका कारण पहिरो खस्दा पर्वत–बागलुङ खण्ड बन्द


  • राजनीति
  • शनिबार, असार ६ २०७७

पोखरा – गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड बन्द भएको छ।

आज बिहान पहिरो गएको हो। जसका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भइरहेको छ।

‘स्काभेटरले पहिरो हटाउँदै छ,’ प्रहरी निरिक्षक सुवेदीले भने, ‘वर्षा नरोकिएकाले पहिरो खस्ने क्रम जारी हुँदा समस्या भएको छ।’

पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि काटिएको छ। पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा बन्द भएको हो।

विद्युत् प्रसारण सञ्चालन गर्न काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ। पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार