logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कोरोना माहामारीको समयमा खटिएका तमु सञ्चारकर्मीलाई मिलन फाउन्डेशनको ज्याकेट


  • आश तमु
  • शनिबार, असार ६ २०७७

पोखरा- शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशिल मिलन फाउण्डेसनले कोरोना माहामारीको समयमा अहोरत्र खटिएका तमु सञ्चारकर्मीहरुलाई ज्याकेट वितरण गरेको छ ।

पोखरामा एक कार्यक्रम बीच फाउण्डेसनका कार्यवाहक अध्यक्ष देवी गुरुङले तमु सञ्चारकर्मी संघका महसचिव रोशनी तमुलाई २२ हजार ५ सय बराबरको प्रेस ज्याकेट वितरण गरेको हो ।

फाउन्डेशनले तमू पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराउन पाउँदा ज्यादै खुशी लागेको भन्दै आउने दिनमा फाउन्डेशनको हरेक कार्यक्रमहरुमा तमू सञ्चारकर्मीहरुसँग सहकार्य गर्दै जाने अध्यक्ष गुरुङले बताइन ।

मिलन फाउन्डेशनले सामाजिक क्षेत्रमा गर्दै आएको काम अत्यन्तै सह्रनीय रहेको भन्दै फाउन्डेशनप्रति सञ्चारकर्मी संघकी महासचिव रोशनी गुरुङले प्रशशा गरिन ।

तमू सञ्चारकर्मी केन्द्रिय समितिलाई प्राप्त भएको ३१ थान ज्याकेट मध्ये आजै समितिले कास्की जिल्ला समितिलाई १५ थान प्रदान गरेको छ । यसैबीच आजै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले स्थापना गरेको आपतकालीन राहतकोषमा ज्याकेटका सौजन्य दाता मिलन फाउन्डेशनले नगद १० हजार रुपैंयाँ प्रदान गरेको छ भने सोही कोषमा फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले ५ हजार र फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले पनि ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

तमू सञ्चारकर्मी संघ कास्कीका सचिव सुरज गुरुङलाई सो ज्याकेट प्रदान गरिएको हो ।मिलन फाउन्डेशनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीलाई पनि कोरोना महामारीको बेला सुरक्ष सामग्री खरिद गर्नका लागि नगद २५ हजार प्रदान गरेको छ भने यसअघि पनि फाउन्डेशनले फोनिज गण्डकीलाई ५० हजार रुपंैयाँ आर्थिक सहयोग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार