logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गण्डकी प्रदेशको ग्रीन जोन मुस्ताङमा पहिलो पटक कोरोना


  • आश तमु
  • शनिबार, असार ६ २०७७

आश तमु – गण्डकी प्रदेशको ग्रीन जोनको रुपमा देखिएको मुस्ताङमा समेत कोरोना संक्रमण देखिएको छ ।

शनिवार साँझ पश्चिमाञ्चल क्षेत्रीय निर्देशानलयले प्रेस नोट जारी गर्दै मुस्ताङमा एक जना सहित बागलुङमा २९ जना , तनहुँमा २ जना ,नवलपरासी वर्दाघाट सुस्तापुर्व १८ जना गरी थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । शनिबार मात्रै गण्डकी प्रदेशमा १ सय ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

कोरोना संक्रमित मध्य मुस्ताङ घरपजोङ गाँुपालिकाका ८३ वर्षीय पुरुष रहेका छन । उनी गत जेठ ३१ गते काठमाण्डौ बौद्दबाट आएका थिए ।

यसै गरी तनहुँमा व्यास नगरपालिकाका एक पुरुष र एक महिलामा, बागलुङमा गलकोट नगरपालिकाका ८ जना पुरुषमा ,बागलुङ नगरपालिकाका ६ जना पुरुषमा , ताराखोला गाउँपालिकका १ जना पुरुषमा ,बडिगाड गाउँपालिकाका ३ महिला र ३ पुरुषमा र ढोरपाटन नगरपालिकाका ८ जनामा , नवलपरासी वर्दाघाट सुस्तापुर्वको बुलिङटार गाउँपालिकामा एक पुरुष , गाउँपालिका नखुलेको एक पुरुष, मध्यबिन्दु नगरपालिकामा १४ पुरुष र दुई महिलामा संक्रमण देखिएको हो ।

नवलपरासीहरुका मध्ये ३ वर्षीय बालक पनि छन् । पालिका नखुलेको ७ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ । उनीमध्ये ४९ जना निको भइ घर फर्किसकेका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

आज शनिवार् गोरखाका ८ र म्याग्दीका २ (मालिका गा पा, वडा नं ४ निवासी ३० वर्षका पुरूष १, तथा मंगला गा पा, वडा नं ४ निवासी १९ वर्षका पुरूष १ ) गरी आईसोलेसनमा रहेका १० जना ब्यक्तिहरु निको भई आज घर फर्किएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार