logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पहिरोले पुरिएर बागलुङ फापरखेतमा एक महिलाको मृत्यु


  • राजनीति
  • शनिबार, असार ६ २०७७

गलकोट – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । फापरखेतको थोत्नेरीमा वर्षासँगै आएको पहिरोले ३८ वर्षीया विमला पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा घरधनी टीका पुनसहित अरू परिवारका सदस्यले ज्यान जोगाए पनि श्रीमती विमला पुन बेपत्ता भएकी थिइन् । बेपत्ता पुनको प्रहरी र नेपाली सेनाले खोजी गर्दा मृतावस्थामा आज दिउँसो मात्रै फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार