logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमसिसीको खारेजीको लागी एक्लै चेतना फैलाउदै पोखराकी शिरिष गुरुङ ( भिडियो )


  • आश तमु
  • आइतबार, असार ७ २०७७

आश तमु, पोखरा-  एमसिसी खारेजीको मागलाई लिएर अहिले देशभर विभिन्न पार्टी र समुहले कार्यक्रम आयोजना गरी विरोध र प्रदशन गरिरहेको छ ।

गण्डकी प्रदेशको मुख्य राजधानी पोखरामा पनि विभिन्न समुह र पार्टीले एमसिसीको र कोरोना नियन्त्रणमा राज्य फितलो तयारीको विषयलाई लिएर विरोध प्रदशन गर्दै आएका छन।

यस्तै दिनहुँ शहिद चोकमा पार्टी र समुहको भेला विरोध र प्रदशन भइरहदा एक्लै प्ले कार्ड बोकेर मौन धर्ना बसिरहेकी हुन्छिन शिरिष गुरुङ ।

आफु कुनै पार्टी र समुहमा आवद्द नभएको भन्दै आफु सचेत नागरिक भएकोले एमसिसीको खारेजीको लागी आफु यहाँ आएको बताउछिन ।

पोखराकै लेकसाइड घर भएकी गुरुङ होटेल मेनेज्मेण्ट एन्ड टुरिजम कलेजबाट पास आउट गरिसकेकी छिन ।

असार १ गते देखि पोखराको सहिद चोकको चौतारीमा “वेक अप पोखरा र इनफ इज इनफ” बोकेको दुईवटा प्ले कार्ड बोकेर बसेकी गुरुङ पहिलो दिनम २ बजे देखि ५ बजे सम्म बसे ।

सुरक्षा निकाय देखि लिएर हिडडुल गरिरहेका मानिसहरुले तपाई कुन पार्टी र माग के हो ? भनेर पनि जिज्ञासा राखे । उनी “आफु कुनै पार्टीबाट परिचालित नभएको र आम सचेत नागरिकको हैसियत यस्ता बेथितीको विरोध गरेको” सुनाउछिन ।

असार २ गते नेपाली काङ्रेसको विरोध प्रदशन र ज्ञापनपत्र बुझाउने कार्यक्रममा पनि पत्रकारहरुले फोटो खिच्दा प्लिज म कुनै पार्टी सँग आवद्द होइन भन्दै फोटो नखिच्न आग्रह गरिन ।

उनका विशेषत दुई ओटा माग छ “एक एमसिसीको खारेजी अर्को कोरोना नियन्त्रणको लागी राज्यको उचित सहभागिता” ।मान्छे मोरेपछी मात्र रिपोर्ट आउने गुनासो गर्दै आफ्नो माग पनि उचित अनि सेफ्टी क्वारेण्टाइन,सेफ्टी किट हुनु पर्ने र कोरोना माहामारीको कोषको उचित प्रयोग हुनु पर्ने बताउछिन ।

यदि कोही आफु सँग सहकार्य गर्न चाहे देशको माया छ भने स्वागत गर्ने बताउदै पार्टीको थ्र्यु आफु अघि नबढ्ने बताउछन । पोखरेली जनता चाहीँ किन यस्ता कुरामा पछी परेको भन्दै आफु अचम्म परेको बताउछन । आफ्नो देशको मायाको लागी पार्टी र समुह नै बनाउनु पर्ने हो उनी आफै प्रश्न गर्छिन ।

“देशलाई अरु बाहिरको सहयोग किन चाहियो ? हामी आफै सक्षम छौ नि , देशमा यति धेरै प्राक्रितिक स्रोतहरु छ । प्रयोग गर्न हामीले सक्नु पर्यो नि ”  उनि भन्छन “पहिला व्यापारको नाममा भारतमा आएको ब्रिटिस सरकारले कसरी भारतलाई कब्जा गर्यो ? कति गार्हो भएको थियो भारतलाई उम्किन ! कति जना शहिद हुनु पर्यो । यदि एमसिसी मार्फत अमेरिकाले पनि नेपाललाई कब्जा गर्यो भने कति गारो हुन्छ निस्कन ।”

घरमा होस वा कहि कतै रेष्ट्रुरेण्टमा सवैको मुखमा यही कुरा मात्र हुन्छ , “देशमा यस्तो भइरहेको छ , उस्तो भइरहेको छ तर रियल प्लाटफर्ममा समेत अौनु पर्ने उनी बताउछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार