पोखरा – कोरोना भाइरस नियन्त्रण र रोकथामका लागी अग्रभागमा खटिएका नेपाल प्रहरीका ५३ जनालाई कोरोना संक्रमण देखिएको छ ।
यस्तै सर्लाहीमा २, रौतहटमा ४, महोत्तरीमा २, जुम्लामा २, जाजरकोटमा १, कञ्चनपुरमा ३, अछाममा १, बाजुरामा १, काठमाडौंमा ४ र भक्तपुरमा १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १८ जिल्लाका प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
विभिन्न जिल्लामा ५९ प्रहरी क्वारेनटिनमा छन् । जसमध्ये डोल्पामा ६, हुम्लामा ४, सुर्खेतमा १, मोरङमा १, सिन्धुपाल्चोकमा ३, रामेछापमा ८, रौतहटमा १०, तेह्थुममा ५, मनाङमा ५, प्यूठानमा १, गुल्मीमा २, कास्कीमा एकजना क्वारेनटिनमा छन् । यस्तै बर्दियामा ३, मकवानपुरमा २, कञ्चनपुरमा ३, अछाममा १, डोटीमा १, काठमाडौंमा १ र ललितपुरमा १ जना प्रहरी क्वारेनटिनमा छन् ।