logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

कोरोना संक्रमित मृ’तक स्याङ्जाका किराना पसल सञ्चालक , ट्राभल हिस्ट्री छैन


  • आश तमु
  • बिहिबार, असार ११ २०७७

तस्विर लेखनाथ खबर तस्विर लेखनाथ खबर

तस्विर लेखनाथ खबर

आश तमु,पोखरा –  आज पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा नि’धन भएका ५५ बर्षीय पुरुषको ट्राभल हिस्ट्री नभएको पुष्टी भएको छ । प्राप्त भएको स्रोतको जानकारी अनुसार उनी किराना व्यवसायी रहेको खुलेको छ ।

पोखरामा दोस्रो संक्रमित ५५ वर्षीय पुरुषको मृ’त्यु
http://https://www.rajaneeti.com/society/59070/

स्रोत अनुसार मृ’तक स्याङ्जाको आँधीखोला–१, पञ्चमुलमा किराना पसल संचालन गर्दै आएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार निजलाई ज्वरो र श्वास प्रश्वासमा समस्या देखिए पछी स्याङ्जाबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असार ८ गते रिफर गरिएको बताए ।

पोखरा मृ’त्यु भएका दोस्रो संक्रमितको मजुवामा श’व व्यवस्थापनमा स्थानीयको अवरोध
http://https://www.rajaneeti.com/society/59078/

किराना पसलका व्यापारी भएका कारण उनलाई पसलमै कोरोना संक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार