logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

च’ट्याङ लागेर ६ जनाको मृ’त्यु


  • राजनीति
  • शुक्रबार, असार १२ २०७७

तस्विर रोहित गिरी पोखरा तस्विर रोहित गिरी पोखरा

तस्विर रोहित गिरी पोखरा

च’ट्याङ लागेर सप्तरी र मकवानपुरमा बिहीबार ६ जनाको मृ’त्यु भएको छ भने पाँच घाइते भएका छन् । सप्तरीमा वर्षासँगै परेको च’ट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लक्षणपटीकी ३० वर्षीया ललितादेवी यादव, राजगढ गाउँपालिका–४ बेल्हीचपेनाका ४६ वर्षीय केसीलाल साह, महादेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृ’त्यु भएको छ ।

ललिता धान रोप्दा र केसीलालको आफ्नै खेतमा काम गरिरहेका वेला च’ट्याङ लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए । केसीलाल शिक्षक हुन् । छेदी र बेचनको कोसी ब्यारेज किनारमा पूजाको सामग्री सेलाउन गएको वेला च’ट्याङ लागेको हो । दुवैको नदी किनारमै मृ’त्यु भएको डिएसपी भारतीले बताए ।

च’ट्याङ लागेर राजगढ गाउँपालिका–२ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल, कञ्चनरूप नगरपालिका–११ की ३० वर्षीया नदीमा खातुन र ३५ वर्षीय बद्री सरदार तथा हनुमाननगर कंकालिनी नगरपालिका–१ का ५५ वर्षीया रुना सदा घाइते भएका छन् । आशा घरमै तथा खातुन, सरदार र सदा खेतमा काम गर्दा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । एकजना बिहीबार नै डिस्चार्ज भएका छन् भने अन्य तीनजनाको अवस्था सामान्य रहेको छ ।

यस्तै, मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा च’ट्याङ लागेर दुईजनाको मृ’त्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान अविरल वर्षासँगै च’ट्याङ लागेर बकैया गाउँपालिका–२ कालापानीस्थित घरमै बसिरहेकी १७ वर्षीया सम्झना घिसिङ र २५ वर्षीया विना घिसिङको मृ’त्यु भएको हो । सम्झनाको घटनास्थलमै र विनाको उपचारका क्रममा मृ’त्यु भएको डिएसपी इन्द्रबहादुर रानाले बताए ।

च’ट्याङ लागेर १४ वर्षीय किरण जिम्बा घाइते भएको छन् । उनको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेका छन् । किरणको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार