logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बाजुरामा मकालु बिमान भेटिएको सुचना गलत,”हुम्लामा दुर्घटना ग्रस्त पाइलटको मृत्यु”

एक जना अझै वेपत्ता


  • राजनीति
  • बुधबार, जेष्ठ २ २०७५

काठमाडौं । सुर्खेतदेखि हुम्लाको सिमिकोटका लागि उडेको विमान हुम्लामा भेटिएको छ । आज विहान ६ बजेर १२ मिनेटमा उडेको विमान हेलिकप्टरमार्फत खोजी गर्दा भेटिएको हो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार विमान खोजीका लागि खटिएको टोलीले खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको हो ।

उहाँका अनुसार विमान दुर्घटना भएको अवस्थामा भेटिएको हो । विमानमा रहेका चालकदलका सदस्य पाईलटको मृत्यु भएको छ । एक जना अझै वेपत्ता छन् । खोजीका लागि परिचालित गरिएको प्रहरी टोली घटना स्थल पुगिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार