logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

गण्डकी प्रदेशमा शनिवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


  • राजनीति
  • शनिबार, असार १३ २०७७

पोखरा – गण्डकी प्रदेशमा शनिवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङजाका २२, बाग्लुङका ८ र नवलपरासी (पुर्व सुस्ताका) २ जना रहेका छन् । उनका अनुसार स्याङको हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा बसिसकेका छन् । बाग्लुङ र नवलपरासीका संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमित १२ महिने शिशु बुवा-आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आएको पाइएको छ ।संक्रमित शिशुको बुवा-आमालाई संक्रमण भएनभएको भन्नेबारे भने गण्डकी स्वास्थ्य निर्देशनालयबाट जानकारी आउन बाँकी रहेको छ ।शनिबार कोरोना संक्रमण पुष्टि भएका सबै जेठ ३१ गते १२ महिने शिशुसहित एउटै गाडीमा आएका थिए । सोही गाडीमा आएका ४१ जनाको स्वाब संकलन गरी असार ५ गते परीक्षणका लागि पोखरा पठाइएको थियो ।

उनीहरुको स्वाब परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएकोमा ४१ जनाको स्वाब परीक्षणमा २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । अर्जुन चौपारी गाउँपालिकाको क्वारेन्टिनमा अहिले ९२ जना छन् । उनीहरु सबै भारत लगायत बाहिरी जिल्लाबाट आएका हुन् ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ सय १८ पुगेको छ । अहिलेसम्म यो प्रदेशमा कोरोनाबाट २ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार