राजनीति
तुलसीपुरको कटुवा खोलामा डुबेर शनिवार चार वर्षीय एक बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं। १८ मसिना निवासी ४ वर्षीय आरएन विकको कटुवा खोलामा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार शनिबार दिउँसो साढे १ बजेतिर विक खेल्ने क्रममा पानीमा डुबेका थिए।
‘अरु तीन चार जना केटाकेटी पनि खेल्दै गएका रहेछन्,’ डिएसपी खड्काले भने ‘ त्यही क्रममा बालक पानीमा डुबेको भन्ने छ।’
पानीमा डुबेका बालकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोष्ट मार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले बताएको छ ।