राजनीति
सुर्खेत – शनिबार कर्णाली प्रदेशमा सात जना कोरोना संक्रमित थपिएका छन्। कर्णालीमा थपिएका सातै जना सुर्खेतका भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
शनिबार थपिएका संक्रमितमध्ये एक जना १५ महिने बालक र एक ३ वर्षकी बालिका पनि छन्।
शनिबार सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का ३७ र ४७ वर्षीय पुरूष, पञ्चपुरी–८ का २१ वर्षीय पुरूष, वडा नम्बर ९ का १५ महिनाका बालक, ३ वर्षकी बालिका, २५ र ३१ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो।
प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ४४० पुगेको छ।
यस्तै ९३४ जना डिस्चार्ज भइसकेका छन्।