logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

असार १० गते मृत्यु भएकी कोरोना संक्रमित महिलाको शव अझै व्यवस्थापन भएन


  • राजनीति
  • शनिबार, असार १३ २०७७

घोराही – मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक महिलाको अझैंपनि शव व्यवस्थापन हुन सकेको छैन ।असार १० गते राति उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकी अधबैंसे ती महिलाको शुक्रवार स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।

शुक्रबार बेलुका कोरोना संक्रमितको कार्यविधि अनुसार शव व्यवस्थापन गर्न भनेर नेपाली सेना प्रतिष्ठान पुगेको भएपनि शव नलगेर फर्किएको छ। शवलाई प्लाष्टिकले नबेरिएको हुँदा नगरिएको हुँदा नेपाली सेनाले शव उठाएर व्यवस्थापन गर्न नमानेको हो ।

घोराही उपमहानगरपालिका वडा नं। १५ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट नजिकैको ट्राफिक चोकमा मागेर हिड्ने एक अधबैंसे महिलाको असार १० गते राति उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको थियो ।पहाडी मुलकी ती महिला को हुन भन्ने बारेमा अझैं पहिचान भइसकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार