logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाटे बाघको आ’क्रम’णबाट दुई जना घाइते


  • रासस
  • सोमबार, असार १५ २०७७

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आ’क्रम’णबाट आज राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन् ।

बाघको आ’क्र’मणबाट बर्दिया राजापुर नगरपालिका १०– लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए ।

गाउँ नजीकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आज बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आ’क्र’मण गरेको हो ।

बाघको आ’क्रम’णमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ । दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ ।

घाइते दुवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार