logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्याङ्जा मिर्दीखोलामा राति बे’पत्ता भएका युवकको श’व फेला


  • रासस
  • सोमबार, असार १५ २०७७

वालिङ – वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बे’पत्ता भएका एक युवकको श’व फेला परेको छ ।

अन्दाजी २२ वर्षीय लोकबहादुर थापा द’मार्इंको श’व वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार