logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

महिलालाई ना’ङगै बनाएर एक्सरे गर्ने स्वास्थ्यकर्मी पक्राउ


  • गोपाल शर्मा
  • सोमबार, असार १५ २०७७

दाङ : उपचारका लागि अस्पताल पुगेकी एक महिलालाई ना’ङगै बनाएर एक्सरे गर्ने एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको घोराहीमा रहेको नीजि अस्पताल गोरखा अस्पतालमा महिलालाई नां’गै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका हुन्।यो समचार गोपाल शर्माले अन्नपुर्ण पोष्टमा लेखेका छन ।

घोराहीको १५ मा रहेको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई ना’ङ्‍गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काकाले बताए ।

डाँगीलाई सोमबार बिहान पक्राउ गरिएको हो । उनका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा ना’ङ्‍गै बनाएको भन्दै उजुरी दिएका थिए । उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएर ना’ङ्‍गै बनाएको उजुरीमा उल्लेख भएको खड्काले बताए ।

आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता खड्काले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार