राजनीति
काठमाडौँ । बुधबार बिहान दुर्घटनाग्रस्त बनेको सिंगल इन्जिनयुक्त मकालु एयरका मृतक पाइलटको शव काठमाडौं ल्याइएको छ । शव सिम्रिक एयरको हेलिकोप्टरले काठमाडौं ल्याएको हो ।
स्रोतका अनुसार सिम्रिक एयरका सुर्खेत प्रतिनिधि कमल गौतमका अनुसार हेलिकोप्टरमा सहचालक आदित्य नेपालीका बुवा एवं एयरलाइन्सका मालिक फिजुनाथ नेपाली पनि सँगै गएका थिए । आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर सिमीकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि १०।७ नटिकल माइल दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको हो ।
घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा रहेका कारण घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत ल्याएर अनि सिम्रिक एयरबाट काठमाडौँ ल्याइएको हो ।