आश तमु ,पोखरा – बैवाहिक जिवनको ७ औ बर्षगाठ पूरा गरि ८ औ बर्षगाठको उपलक्ष्यमा अन्नपुर्न क्लिनिक प्रालि पोखरा-१३ मियापाटनका संचालक मणि न्यौपाने र संगिता बरालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।
वडा न १० १२ र १३ का वडा अध्यक्ष र वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षकलाई २ थान पिपीई सेट र गमबुट , सेनिटाइजर kn 95 मास्क, सर्जिकल मास्क र ह्याण्ड ग्लवस गरी करिव ६० हजार मुल्य बरावर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
अन्नपुर्न क्लिनिक प्रालिका संचालक मनि न्यौपानेका अनुसार स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दा सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गर्दा सबै सामु निस्पक्ष रुपमा पुग्ने आशा भएकाले सम्बन्धित कार्यालय प्रमुखलाई नै हस्तान्तरण गरिएको बताए।
मणि न्यौपाने र संगिता बराल दुबै बिधार्थी राजनितीबाट आएका हुन । तत्कालिन समयमा मोहन वैधले नेत्रित्व गरेको नेकपा माओवादी निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको जिम्मेवारी रहदा एक अर्कामा प्रेम रहे पछी जनवादी बिवाह गरेका हुन । मणि न्यौपाने तत्कालिन समयमा CTEVT गण्डक क्षेत्रीय समन्वय समितिका संयोजक थिए भने संगिता वराल तत्कालिन भुगोल जिल्ला समितिका उपाध्यक्ष थिए।
संगिता बराल तत्कालिन नेकपा माओबादीका वेपता योद्दा चमनलाल बरालकी सुपुत्री हुन ।
बराललाई २०५९ साल साउन २० गते नेपाली सेनाले वेपत्ता पारेको थियो ।