logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

म्याग्दी घर भएका कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु,


  • राजनिती न्युज डेस्क
  • बिहिबार, असार १८ २०७७

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४५ दिनको शिशुको कोरोना संक्रमणका कारण मृ’त्यु भएको छ।

म्याग्दीका शिशुलाई करिब दुई साता अगाडि अस्पताल भर्ना गरिएको थियो ।संक्रमित शिशुको बुधवार साँझ नि’धन भएको थियो।

जन्मजात स्वासप्रस्वासको समस्या रहेका शिशुमा केही दिन अघिमात्र संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पताल कोरोना ब्यवस्थापन समितका संयोजक सन्तोष कुमार दासले बताए।

मृतक शिशुको श’व व्यवस्थापन भइसकेको र मृ’तक शिशुका आमा, बुबा र फुपुको नमुना संकलन गरी परीक्षणको काम भइरहेको उनले बताए।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।

यससँगै कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३१ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार