logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

च’ट्याङ लागेर चार महिलाको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • बिहिबार, असार १८ २०७७

तस्विर रोहित गिरी पोखरा तस्विर रोहित गिरी पोखरा

बारामा च’ट्याङ लागेर चार महिलाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

मृ’त्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको च’ट्याङ लागेर मृ’त्यु भएको हो । फेटामा घरमा च’ट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृ’त्यु भएको प्रवक्ता मिश्रले बताए ।

च’ट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको र मृ’तकको श’व परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार