राजनीति
दाङ – दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आ’त्म’ह’त्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आ’त्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।
गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान बाँकी रहेको एसपी चन्दले बताए ।
गौतम आफ्नो माइतीमा बस्दै आएकी थ्यिन् । गौतमकी छोरी पहिलाको श्रीमान्सँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । आमाबाबु भारतमा काम गएकोले उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ ।
मृतक युवतीको श’व पो’ष्टमा’र्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।