logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौंको बानेश्वरका एक वृद्धको कोरोना संकमणबाट निधन


  • राजनीति
  • शुक्रबार, असार १९ २०७७

file pic file pic

काठमाडौं- काठमाडौंको बानेश्वरका एक वृद्धको कोरोना संकमणबाट निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार