logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा १४ चाउथेमा प्रहरीको छापा ,६ जुवाडे शहित एक लाख बढी खालबाट रकम वरामद


  • आश तमु
  • सोमबार, असार २२ २०७७

आश तमु, पोखरा – पोखरा १४ चाउथे अनुपम टोलवाट वडा प्रहरी कार्यालय रामबजारवाट खटिएको प्रहरी टोलीले ६ जना जुवाडेलाई कास्की पक्राउ गरेको छ ।

पोखरा अनुपम टोलस्थित ५५ वर्षीय भिमबहादुर तिमिल्सिनाको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार वडा प्रहरी बगरको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

जुवाखालबाट प्रहरीले १ लाख १० हजार ९ सय २५ रुपैयाँ र ४ बुक तास बरामद गरेको छ ।
पक्राउ पर्नेमा घरधनी भिमबहादुर तिमिल्सना, ३५ वर्षीय आकाश अधिकारी, ४९ विजय गुरुङ, ३० वर्षीय रुपनारायण पुन, ३० वर्षीय भिमबहादुर मगर र ५२ वर्षीय रवीन्द्रकुमार गुरुङ छन् ।

उनीहरु विरुद्ध जुवातास सम्बन्धी मुद्दामा म्याद थप गरी कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।‍

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार