logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्कीका होटल रेष्टुरेण्ट व्यवसायीको कर तथा राजस्व छुट गर्न माग


  • आश तमु
  • सोमबार, असार २२ २०७७

आश तमु , पोखरा – संक्रमणकालसम्मको राजस्व तथा कर छुट गर्न र आवश्यक सुरक्षा अपनाउदै होटल र रेष्टुरेण्ट तथा पर्यटन क्षेत्रहरु सञ्चालन गर्न आग्रह गर्दै कास्कीका होटल तथा रेस्टुरेन्ट व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरा सिटी रेवान, लेखनाथ होटल व्यवसायी समिति, लोकदोहोरी व्यवसायी समिति तथा धम्पुस पर्यटन व्यवसायी समितिले संयुक्तरूपमा सरकारलाई १२ बँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले घरभाडामा छुट, बिजुली, पानीको महसुल मिनाहा र टेलिफोन तथा इन्टरनेटलगायतको महसुलमा विशेष सहुलियत, कर तथा राजस्वमा छुट, जारी मापदण्डअनुसार सावधानी अपनाएर खोल्न पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

संघदेखि स्थानीय सम्मका सरकारले बजेट ल्याए पनि आफूहरूका लागि भने कुनै किसिमको कार्यक्रम नल्याउनु राज्यले आफूहरूलाई उपेक्षित गरेको होटल संघको आरोप छ ।

देशभर रहेका ८० हजार होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीलाई धराशयी हुनबाट बचाउन होटल व्यवसायी महासंघ नेपालले पटक–पटक अग्रह गरे पनि आफूहरूको मर्मलाई सरकारले नबुझेको महासंघको आरोप छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार